चितवन दुर्घटना अपडेट : चार जनाको मृत्यु

 साउन २३, २०७५ बुधबार ८:११:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा ४ जनाको ज्यान गएको छ । १७ जना घाइते भएका छन् । 

काठमाडौंबाट काँकडभिट्टाको लागि छुटेको ना ६ ख १७४१ नम्बरको बस र हेटौंडाबाट नारायणगढको लागि छुटेको ना ५ ख ५९ ४१ नम्बरको ट्रक रत्ननगर नगरपालिका १० टाँडीमा ठोक्किँदा ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका २ का ३४ वर्षका मोहन घिसिङ र सहचालक ३० वर्षका बुद्धिमान लामासँगै  बसका २ यात्रु काठमाडौं थानकोटका ४८ वर्षका विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका १ की ४२ वर्षकी तारा बरालको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनाको भरतपुर मेडिकल कलेजमा र  ४ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ  । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया