कसरी सम्भव भयो सबै घरमा एउटै रङ ! (भिडियो)

 साउन २३, २०७५ बुधबार १०:३८:४३ | उज्यालो सहकर्मी

मिठो सुन्तला पाइने जिल्लाको पहिचान बनाएको धनकुटाका घरहरुले पनि अब सुन्तलाकै परिचय बोक्ने भएका छन् । धनकुटा बजारको तल्लो कोप्चे र माथिल्लो कोप्चेका युवाहरुले आफ्नो टोलका सबै घरहरुमा सुन्तला रङ लगाउने अभियान सुरु गरेका छन् ।

यो टोलका एकाध बाहेक सबै घरहरुमा सुन्तला रङ लगाइएका छन् । यहाँका घरहरुलाई मौलिक र एकै खाले बनाउँदा यसले समानताको सन्देश पनि दिने उनीहरु बताउँछन् । अचेल तल्लो कोप्चे र माथिल्लो कोप्चे सुन्तले शहरको नामले चिनिन थालेकोमा स्थानीयहरु दङ्ग छन् ।

यस्तो कामको सिको अरु टोलबासीले पनि गर्न थालेकोले उनीहरुको झनै हौसला बढेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया