माेहम्मद हफिजले सन्यास लिने कुराले पाकिस्तानी क्रिकेट क्षेत्रमा हलचल

 साउन २३, २०७५ बुधबार १४:५१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले नयाँ नियम ल्याएपछि सिनियर खेलाडीहरु रिसाएका छन् । 

पीसीबीले पाकिस्तानी क्रिकेट खेलाडीहरुलाई पाँच श्रेणीमा विभाजन गरेपछि केही सिनियर खेलाडीहरु असन्तुष्ट बनेका हुन् ।

पछिल्लो समयमा मोहम्मद हफीजले यसमा विरोध जनाएका हुन् । उनी ए श्रेणीका खेलाडी हुन् । तर पीसीबीले उनलाई श्रेणी विभाजन गर्दा बी श्रेणीमा राखेको छ । 
आफूलाई  अपमान गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने योजना बनाएको पाकिस्तानी सञ्चारमाध्यमले संकेत गरेका छन् । 

हफिज पीसीबीको पहिला ए श्रेणीमा थिए तर सोमबार मात्रै जारी भएको नयाँ  श्रेणीमा उनी बी मा घटुवा भएका छन् । 

सन्यासको योजना बनाइरहेका हाफिजले अहिलेसम्म सम्झौतामा पनि हस्ताक्षर नगरेको बताइएको छ । पीसीबीले क्रिकेट खेलाडीसँग ३ वर्षका लागि सम्झौता गरेको छ । 

जसका कारण केही खेलाडीहरुको २५ देखि ३० प्रतिशत आम्दानी बढ्ने छ । त्यसैगरी खेलाडीको म्याच फीमा पनि २० प्रतिशतले बढेको छ । 

ए श्रेणीमा अजर अली, बाबर आजम, शोयब मलिक, सरफराज अहमद, यासीर शाह तथा मोहम्मद अमिर रहेका छन ।

बी श्रेणीमा फखर जामन, फहीम  अशरफ, शदाब खान, असद शफीक, मोहम्मद हफीज र हसन अली रहेका छन् ।

सी श्रेणीमा वाहब रियाज, शान मसूद, हरिस सोहेल, इमाम उल हक, मोहम्मद नवाज, उस्मान शिनवारी, इमाद वासीम, जुनैद खान र मोहम्मद अब्बास रहेका छन् ।

त्यसैगरी डी श्रेणीमा रुममान रायस, असिफ अली, उस्मान सलाहुद्दीन, हुसैन तलत र राहत अली छन् । 

श्रेणी ई मा विलाल असिफ, साद अली, मीर हमजा, उमाद असिफ, मोहम्मद रिजवान, साहिबजादा फरहान र शाहीन शाह अफरीदी रहेका छन् ।

 ई श्रेणीमा  घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु परेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया