करुणानिधिको अन्त्येष्टि मरिना बिचमै, भागदौड मच्चिँदा २ जनाको ज्यान गयो

 साउन २३, २०७५ बुधबार १५:४१:४८ | एजेन्सी
unn.prixa.net

तमिलनाडुका पूर्व मुख्यमन्त्री एम करुणानिधिको अन्त्येष्टि चेन्नईमा रहेको मरिना बिचमै हुने भएको छ । मंगलबार बेलुका चेन्नई अस्पतालमा करुणानिधिको निधन भएको थियो । 

करुणानिधिको निधनले भारतीय राजनीतिक क्षेत्रल एउटा हस्ती गुमाएको छ । उनको निधनमा भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका व्यक्तिले श्रदाञ्जली व्यक्त गरेका छन् । 

करुणानिधिको पार्टीले उनको समाधिका लागि मरिना तटमा जमिन मागेको थियो । तर राज्य सरकारले त्यहाँ जमिन दिन नमिल्ने बताएपछि डीएमकेले मद्रास उच्च अदालतको ढोका ढकढकाएको थियो । उच्च अदालतले यस विषयमा बुधबार बिहान ८ बजे सुनुवाइ गर्दै मरिना तटमै करुणानिधिको समाधि बनाउन पाउने फैसला गरेको थियो । 

भारतीय समयअनुसार बुधबार साँझ चार बजे करुणानिधिको अन्तिम यात्रा निकालिनेछ । त्यसपछि मात्रै उनको अन्त्येष्टि गरिनेछ । 

श्रदाञ्जलीका लागि करुणानिधिको पार्थिव शरीर राजाजी हलमा राखिएको छ । कांग्रेस अध्यक्ष राहुल गान्धी राजाजी हल पुगेर करुणानिधिलाई श्रदाञ्जली व्यक्त गरेका छन् । 

करुणानिधिका समर्थकहरुको भिडमा भागदौड मच्चिँदा चेन्नईमा रहेको राजाजी हलबाहिर दुई जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन् । 

याे पनि पढ्नुहाेस् 

करुणानिधिको अन्त्येष्टिलाई लिएर ठूलो विवाद

रहेनन् दक्षिण भारतीय राजनीतिका 'भीष्म पितामह' : तमिलनाडुका पूर्वमुख्यमन्त्री करुणानिधिको निधन

 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया