करीना कपूर फिट बन्न जिमखानामा ‘पिलाटिस एक्सरसाइज गर्दै (भिडियाे)

 साउन २३, २०७५ बुधबार १६:४९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडमा फिटनेसको मामलामा एकदमै होसियार अभिनेत्री मध्येकी एक हुन अभिनेत्री करीना कपूर खान । 

एक समयमा करीनाले बलिउडमा जीरो फिगरको ट्रेण्ड नै चलाएकी थिइन् । जुन ट्रेण्डलाई कैयौं अभिनेत्रीहरुले पछ्याए ।

तर विवाह पछि करीना गर्भवति भएको बेला उनको वजन धेरै बढेको थियो । 

छोरा तैमुरलाई जन्माइसकेपछि उनले सजिलै वजन घटाएर पहिलेजस्तै स्लीम तथा फिट भइन् । उनको फिटनेसले एकपटक फेरि सबैलाई चकित बनाइदियो । 

करीना कपूर खानको बेला बेलामा जिम बाहिर खिचिएका तस्विरहरु मिडियामा आइरहन्छन् तर यस पटक उनले जिम गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।

करीना कपूर कस्तो एक्सरसाइज गरेर यति फिट बनेकी छिन् भन्नेकुरा सार्वजनिक भएको छ । 

सामाजिक सञ्जालमा करीनाले वर्कआउट गर्दै गरेको भिडियो सार्वजनिक भएको छ । 

भिडियोमा करीनाका साथै मलाइका अरोडा पनि देखिएकी छिन् । करीना र मलाइका एकसाथ एक्सरसाइज गरिरहेका छन् । यो भिडियो करीनाकी जिम ट्रेनर नम्रता पुरोहितले इन्स्टाग्राममा पोष्ट गरेकी हुन् । 

करीना र मलाइका पिलाटीस एक्सरसाइज गरिरहेका छन् । 

यो एक्सरसाइजले मांसपेशीलाई बलियो बनाउछ । यसका साथै शरीरको लचकता र बल बढाउनुका साथै दिमागलाई शान्त राख्न मद्दत गर्छ । 

अभिनेत्री करीना कपूरको केही समयअघि फिल्म ‘वीरे दी वेडीङ्ग’ प्रदर्शन भएको थियो । यो फिल्म बक्स अफिसमा सफल सावित भएको थियो ।

यसका साथै करीनाको अर्को फिल्मको पनि घोषणा भइसकेको छ । 

‘गुड न्युज’ नामक यस फिल्ममा करीनाको जोडीको रुपमा अक्षय कुमार रहनेछन् ।

साथै करीना कपूर खानले निर्देशक करण जोहरको नयाँ फिल्म पनि साइन गरिसकेकी छिन् । यस फिल्ममा करीनाका साथै रणविर सिंह र आलिया भट्ट पनि रहनेछन् । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया