प्रदीपसँग भिड्ने कुरामा पूजाले यसरी पोखिन् रिस

 साउन २३, २०७५ बुधबार १७:१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –अभिनेत्री पूजा शर्माको निर्माण र अभिनय रहेको सिनेमा ‘रामकहानी’ भदौ २२ गतेदेखि प्रदर्शनमा आउने तयारी सहित निर्माणमा जुटेको थियो । 

निर्माण पक्षले  सिनेमाको काम पनि यहि मितिमा प्रदर्शनमा ल्याउने गरी सकाएको छ । तर अचानक यही सिनेमासँग सिनेमा ‘रोजी’ भिड्ने भएपछि निर्माण पक्षलाई तनाव भएको छ । 

अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘रोजी’ पनि यहि मितिमा आउने घोषणा भएपछि सिने नगरीमा एक किसिमको तरंग नै फैलिएको छ । किनभने व्यक्तिगत रपमा सम्बन्ध राम्रो नभएका पूजा र प्रदीपलाई सिनेमा प्रदर्शनमा पनि भिडाउँदा तहल्का नमच्चिने त कुरै भएन । 

यतिबेला धेरैले प्रदीप र पूजाको व्यक्तिगत सम्बन्धका कारण सिनेमा जुधाइएको अनुमान लगाएका छन्  । धेरैले ‘रोजी’ टिमले ‘रामकहानी’लाई टार्गेट गरेर यहि मितिमा सिनेमा ल्याउन लागेको अनुमान लगाएका छन् । 

प्रदीप र पूजा एउटै सिनेमाबाट चर्चामा आएका कलाकार हुन् जसले पछिल्लो समय छुट्टाछुट्टै काम गरिरहेका छन् र चलेका पनि छन् । यही अवस्थामा यी दुईलाई जुधाएर सिनेमा चलाउन खोज्नु राम्रो कुरा हैन । यो कुरा सायद अभिनेत्री पूजा शर्माले पनि महसुस गरिन् क्यारे । यहि कारण उनले सामाजिक सञ्जालमार्फत एक स्ट्याटस लेख्दै चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल माथि रिस पोखेकी छिन् । 

उनले सिनेमा क्षेत्रको विकास गर्छु भन्दै ठूला ठूला कुरा गर्ने निकिताले यसरी सिनेमा जुधाउनु राम्रो  हो ? भन्दै प्रश्न गरेकी छिन् । ‘रोजी’गोपीकृष्ण मुभिजको ब्यानरबाट निर्माण भएको हो । गोपीकृष्ण निकिताको भएपछि पूजाले फेसबुकमा स्टाटस राख्दै निकिता माथि नै आक्रोश पोखेकी हुन् । 

के लेखेकी छिन् त पूजाले पढ्नुहोस् उनको पूरा स्ट्याटस 

 


 

-उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया