अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
झापा – चार वर्षीया बालिकामाथि बलात्कार भएको एक साता बित्न नपाउँदै झापाको अर्जुनधारामा फेरि १३ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ ।
शनिश्चरे प्रहरी चौकीका अनुसार सोमबार राति राति पौने १० बजे शौचालय गएकी दिदीलाई कुरिरहेकी १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कारको प्रयास भएको हो ।
मामाघरमा बस्दै आएकी ती बालिकालाई आरोपितद्वय अर्जुनधारा ९का २८ वर्षीय बालकृष्ण घिमिरे र २४ वर्षीय पेमा तामाङले जबरजस्ती बलात्कारको प्रयास गरेको शनिश्चरे प्रहरी चौकीका प्रमुख सुरेशकुमार संग्रौलाले बताउनुभयो ।
घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच ्बुधबार बिर्तामोडमा विभिन्न महिला संगठनहरुले बलात्कारीलाई कडा कानुनी सजायको व्यवस्था गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
उनीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् । गएको साता अर्जुनधारा–२ झेलेनीका १५ वर्षीय किशोरले ४ वर्षीया वालिकालाई बलात्कार गरेका थिए ।
झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।