चन्दा असुलेको आरोपमा नेकपाका जिल्ला सदस्य पक्राउ

 साउन २३, २०७५ बुधबार १७:५९:७ | अमर सुनार

दैलेख – नेकपा विप्लव समूहका जिल्ला कमिटी सदस्य प्रकाश विकलाई व्यापारीसँग चल्दा असुलेको आरोपमा प्रहरीले बुधबार दुल्लूबजारबाट पक्राउ गरेको छ । 

विप्लव समूहका कार्यकर्ताले दबाब दिएर तरिकाले चन्दा उठाइरहेको उजुरीका आधारमा प्रहरी त्यहाँ पुग्दा सांस्कृतिक कार्यक्रम गरिरहेको कलाकार टोलीसहित ७–८ जना भागेका र उनी मात्र पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले बताउनुभयो । 

भाग्ने समूहले लिएको कारण चन्दा रसिद फेला नपरेको डीएसपी पौडेलले जानकारी दिनुभयो । प्रकाश विक गएको माघमा भएको नेपाल पत्रकार महासंघको जिल्ला अधिवेशनमा विप्लव समूहको क्रान्तिकारी पत्रकार संघको तर्फबाट प्रतिनिधित्व गर्दै महासंघका जिल्ला सहसचिव छन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया