केन्याका टप एथ्लिट निकोलस बेटको कार दुर्घटनामा परि निधन

 साउन २३, २०७५ बुधबार १८:१७:६ | एजेन्सी
unn.prixa.net

सडक दुर्घटनामा परि ४०० मिटर हर्डल्सका पूर्व च्याम्पियन निकोलास बेटको मृत्यु भएको छ ।

केन्याको खेलकुद मन्त्रालयले २८ वर्षीय बेटको मृत्यु भएको पुष्टि गरेको छ । नाइजेरियामा भएको अफ्रिकन च्याम्पियनसिपमा भाग लिएर केन्या फर्किने क्रममा उनको कार अनियन्त्रित भई खोल्सामा खसेको थियो ।

‘४०० मिटर हर्डल्सका पूर्व विश्व च्याम्पियन निकोलास बेटको सडक दुर्घटनामा परि मृत्यु भएको छ । समस्त खेल क्षेत्रको तर्फबाट म उनको परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु ।’ केन्याको खेलकुद क्याबिनेटका सविच राशिद इचेसाले ट्विटरमा लेखेका छन् ।

यो ट्वीटलाई केन्याको खेलकुद मन्त्रालयले पनि रिट्वीट गरेको छ ।

बेटले सन् २०१५ मा बेइजिङमा भएको विश्व च्याम्पियनसिपमा ४०० मिटर हर्डल्सको स्वर्ण जितेका थिए, जुन केन्याका लागि ८०० मिटरभन्दा कम दूरीको पहिलो स्वर्ण थियो । उनका जुम्ल्याहा भाइ हारोन कोइच पनि हडल्र्सका खेलाडी हुन् ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया