भालुको आक्रमणबाट घाइते बालकको उपचारका लागि आर्थिक अभाव

 साउन २३, २०७५ बुधबार १८:२०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पूर्व –  भालुको आक्रमणबाट घाइते भूमे गाउ“पालिका–१, लुकुमका १६ वर्षीय कैलाश पुनको उपचारका लागि आर्थिक अभाव भएको छ ।

साउन १५ गते घर नजिकैको जंगलमा गएका पुनलाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट बचेका उनको उपचारका लागि भने आर्थिक अभाव भएको छ । भालुले आक्रमण गरिरहेका बेला उनका साथीहरु कराएपछि भालु उनलाई छाडेर भागेको थियो ।

कैलाशका बुवा  फुरमान पुनले छोराको उपचारमा आर्थिक अभाव भएको बताउनुभयो । छोराको उपचारको लागि झण्डै ९ लाख खर्च हुने बताइएको र अहिलेसम्म तीन लाख रुपैया“भन्दा बढी खर्च भैसकेको उहाँले बताउनुभयो ।

दैनिक रोजीरोटीका लागि धौ–धौ पर्ने परिवामा यत्रो ठूलो रकम जुटाएर छोराको उपचार गर्न नसक्ने दुःखेसो उहाँको छ । अहिले बालकको काठमाडौंको एक अस्पतालमा उपचार भैरहेको छ । कैलाशका बुवाले सहयोगको लागि सबैसँग याचना समेत गर्नुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया