१० महिनापछि मोबाइल सेवा सुरु, अब डाँडामा उक्लिनु पर्दैन

 साउन २३, २०७५ बुधबार १८:४७:५२ | उज्यालो सहकर्मी

खोटाङ – खोटाङको उत्तरी क्षेत्रमा अवरुद्ध मोबाइल सेवा १० महिनापछि सुरु भएको छ । 

केपीलासगढी गाउँपालिका–१ फेदीस्थित रिपिटर टावर मर्मतपछि मोबाइल सेवा सुरु भएको हो । २०७४ साल भदौदेखि अवरुद्ध मोबाइल सेवा रिपिटर टावर मर्मतपछि सुरु भएको केपीलासगढी गाउँपालिकाका प्रमुख कृष्ण राईले बताउनुभयो । रिपिटर टावरमा समस्या आएपछि केपीलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिकाका अधिकांश वडामा स्काई तथा नमस्ते मोबाइल सेवा प्रभावित भएको थियो । 

नेपाल टेलिकमले फेदीमा सञ्चालनमा ल्याएको ९ सय मेगाहर्जको एसडीआर जीएसएम बीटीएसले काम गर्न छाडेपछि पाथेका, खार्मी, बासपानी, खार्ताम्छा, बाक्सिला, सप्तेश्वर, जालपा, हौंचुर र कुभिण्डेलगायतका सेवाग्राही टावर टिप्ने डाँडामा उक्लिएर फोन गर्न बाध्य बनेका थिए । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया