तीन महिनामा महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना पेश गर्न नेविसंघलाई निर्देशन

 साउन २३, २०७५ बुधबार १८:४८:१२ | उज्यालो सहकर्मी

काठमाडौं – तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना पेश गर्न नेपाल विद्यार्थी संघ केन्द्रीय समितिलाई नेपाली कांग्रेसले निर्देशन दिएको छ ।

दुई वर्ष पूरा भएपछि केन्द्रीय समितिको म्याद तीन महिना थप गर्न सकिने वैधानिक प्रावधान रहेको छ । बुधबार बसेको नेविसंघ हेर्ने नेपाली कांग्रेस समिति बैठकले आउँदो भदौ २ गतेभित्र अधिवेशनको लागि केन्द्रीय समितिको रायसहितको कार्ययोजना पेश गर्न नेविसंघ अध्यक्ष नैनसिंह महरलाई निर्देशन दिएको कांग्रेसले जनाएको छ ।

अध्यक्ष महरले २ गतेसम्म अधिवेशनको कार्ययोजना पेश गरे कार्यसमितिको म्याद तीन महिना थप्ने सहमति भएको समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो । २ गतेभित्र कार्ययोजना पेश गर्न नसकेको खण्डमा भने अहिलेको समिति स्वतः खारेज गर्ने सहमति भएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया