गोक्यो हिमतालमा बेपत्ता तीनमध्ये एक विद्यार्थीको शव निकालियो

 साउन २३, २०७५ बुधबार १९:७:१ | सुवास दर्नाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सोलुखुम्बु – पाँच दिनदेखि गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीमध्ये एक विद्यार्थीको शव निकालिएकोे छ । 

बेपत्ता विद्यार्थीहरुको खोजीमा बुधबारबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालित भएसँगै बुधबार एक जनाएको शव निकालिएको हो । मगंलबार साँझ घटनास्थल गोक्यो हिमतालमा पुगेका गोताखोरको टालीले बुधबार १६ वर्षीय पेम्बा नुरु शेर्पाको शव निकालेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

बुधबार बिहान झयडै १० बजेबाट खोजी कार्य सुरु गरेको टोलीले मध्यान्ह १२ बजेतिर पेम्बा नुरुको शव निकालेको सोलुखुम्बुका प्रहरी निरीक्षक नवीन राईले जानकारी दिनुभयो । 

बेपत्ता भएका अन्य दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । खुम्जुङ माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत ३३ जना विद्यार्थीहरू शैक्षिक भ्रमणमा जाँदा विद्यार्थी पेम्बा दोर्जे शेर्पा, पेम्बा नुरु शेर्पा र सुनिल बराइली पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । 

याे पनि पढ्नुहाेस्

हिमतालमा बेपत्ता विद्यार्थीको खोजीमा गोताखोरसहितको टोली, अझै उद्धार हुन सकेन

बेपत्ता विद्यार्थीको खोजीमा सेना परिचालन

गोक्यो हिमतालमा डुबेर ३ विद‍्यार्थी बेपत्ता

 

 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया