अजय र गोपालका आफन्तको आरोप : जंगलमा लगेर प्रहरीले गोली हान्यो

 साउन २३, २०७५ बुधबार २०:२०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बालकको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीको मुठभेडमा मारिएका अजय तामाङ र गोपाल तामाङका आफन्तले घटनाको छानबिन गर्न माग गरेका छन । 

प्रहरीले आफ्ना सन्तानलाई मुठभेड भन्दै गैरन्यायिक हत्या गरेको भन्दै तामाङद्वयका परिवारले छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् । सोमबार गोपाल र अजयले काठमाडौं काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरेका थिए ।

त्यसलगत्तै बालक अपहरण गर्ने दुवै जना भक्तपुरको सूर्यविनायक जंगलमा प्रहरी कारबाहीमा मारिएका प्रहरीले दाबी गरेको छ । तर परिवारले भने उनीहरुलाई पक्राउ गरी प्रहरीले सूर्यविनायक जंगलमा लगेर गोली हानेर मारेको आरोप लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

6 Comments

  • महेन्द्र

    Aug. 10, 2018, 12:21 a.m.

    अपरहणकारीलाई येसो गर्न नहुने तेसो गर्न नहुने भनी बिबाद नगरौं ।अपहरणकारि र हत्यारा फरक कुरा हो।येस्ता नरपिचास हत्यारालाई जङ्गल लगेर इन्काउन्टर गर्न अनि मुडभेड भन्न जरुरि छैन सिधै जेलमा झुन्डयाएर आत्महत्या भनिदिए हुन्छ ।

  •  0 Reply
  • Dinesh Rana

    Aug. 9, 2018, 5:33 p.m.

    Yo janjaati bhanauda haru paariko gaas khaayer tetikai nachahido bolchha policele satye k ho media samu parsta gar ho yedi yo tamang haru dosi nai hun bhane tesko bachau garne r samajhlaai bhaadne abhibekti dineharulaai sakta karbaahi gar

  •  0 Reply
  • C K Gadal

    Aug. 9, 2018, 7:38 a.m.

    नाबालक निशान खड्कालाई अपहरण गरि हत्या गर्ने अजय तामाङ र गोपाल तामाङको प्रहरिसंगको मुठ्भेडको क्रममा मृत्यु भएछ ।त्यसलाई बिवादमा ल्याउन लागिएकोछ। तर यस्तो महा अपराधीलाई जो कोहि भए पनि प्रहरिले गोलि हान्यो ती महाअपराधिको मृत्यु भयो।प्रहरिले जे गर्यो ठीक गरेको छ।अब त्यसलाई बिवादमा ल्याउनु उचित होइन। त्यसरी बिवादमा ल्याउने हो भने अपराधिलाई प्रोत्साहित गर्नु मात्र हो । यस्तो गलत काम कसैबाट नभएको होस।

  •  0 Reply
  • Barun

    Aug. 8, 2018, 10:09 p.m.

    अपराधी हो भने मरेकै ठीक , सलाम छ नेपाल प्रहरी !

  •  0 Reply
  • Sherchan prabhat

    Aug. 8, 2018, 8:45 p.m.

    अपहरणकारीलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ तर अपहरणकारीको कोठामा गयर केरकार गरि कुटपिट गरि ती दुई अभियुक्त लाई नियन्त्रणमा लिई जगंलमा लगी निहत्था ब्यक्तिलाई मुठभेटको झुट्टो नाटक गरि ईन्काउन्टर गरि मार्नेे अधिकार नपुलिसलाई छ ।न कसैलाई छ ।यस्मा सरकारले गहिरिएर छानबिन गर्नै पर्छ नत्र फेरि फेरि झुट्टो ईन्काउटरमा निहत्था ब्यक्ति मर्न नपरोस् ।कानुन भन्दा माथी कोई छैन ।

  •  0 Reply
  • Indra

    Aug. 8, 2018, 8:31 p.m.

    Salut Nepal police

  •  0 Reply

तपाईको प्रतिक्रिया