पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन

 साउन २३, २०७५ बिहिबार ५:३२:४० | उज्यालो सहकर्मी

काठमाडौं - सरकारले पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गरेर पोखरा महानगरपालिका मात्रै कायम गरेको छ । बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले प्रदेश नम्बर ५ का कामयुकायम प्रमुख सचिव तीर्थराज ढकाल र  प्रधानमन्त्री कार्यालयका सह सचिव आनन्दराज ढकाललाई विशिष्ट श्रेणीमा बढुवा गर्दै तीर्थराज ढकाललाई ५ नम्बर र आनन्दराज ढकाललाई प्रदेश नम्बर ३ को प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेलाई विशिष्ट श्रेष्ठीमा कायमुकायम  तोक्दै प्रदेश नम्बर १ को प्रमुख सचिवमा पदस्थापन गरिएको छ । त्यसैगरी प्रदेश नम्बर ३ का  प्रमुख सचिव रश्मीराज पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको छ । नेपाल लेखा परीक्षण सेवाको विशिष्ठ श्रेष्ठीमा राम माया कुवँरलाई बढुवा गर्ने निर्णय पनि भएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया