बर्खे धानको मूल्य तोकियो

 साउन २४, २०७५ बिहिबार ५:४६:४३ | उज्यालो सहकर्मी

काठमाडौं - सरकारले बर्खे धानको मूल्य तोकेको छ । 

बुधबार बेलुकी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले बर्खे धानको मूल्य तोकेको हो । २०७५ /०७६ का लागि बर्खे धानको न्युनतम समर्थन मूल्य मोटा धानको २ हजार ३ सय ३१ रुपैया २२ पैसा र मध्यम धानको २ हजार ४ सय ६० रुपैया ५७ पैसा प्रतिक्वीन्टल कायम गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

किसानको बर्खे धान भित्र्याउने बेला भएको र सरकारले समयमै समर्थन मूल्य तोक्नुपर्ने आवश्यकताबमोजिम आर्थिक वर्ष २०७५÷०७६ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकिएको हो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया