प्रदेश १ मा आज सार्वजनिक बिदा

 साउन २४, २०७५ बिहिबार ६:११:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा आज बिहीबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार सूचना निकालेर बिहीबार बिदाको घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।

यस्दै प्रदेश १ मा भदौ १० गते जनैपूर्णिमा, भदौ १८ गते राधाकृष्ण रथयात्राका दिन (मोरङ र सुनसरी मात्र) र कात्तिक २७ गते छठ पर्वमा सार्वजनिक बिदा दिने निर्णय पनि भैसकेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया