श्रीलंका तीन रनले विजयी

 साउन २४, २०७५ बिहिबार ७:४८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अफ्रिकाविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा श्रीलंका डकवर्ड लेविस मेथड अनुसार ३ रनले विजयी भएको छ । वर्षाले खेल प्रभावित भएपछि अफ्रिकालाई १९१ रनको लक्ष्य दिएको थियो । तर अफ्रिका १८७ रनमा रोकिएको छ ।

पाँच वटा एकदिवसीय क्रिकेट अन्तर्गत श्रीलंकाले ३–१ बनाएको छ । यसअघि लगातार ३ वटा एकदिवसीय क्रिकेट हारेको श्रीलंकाले सिरिज गुमाए पनि हारको अन्तर कम गराउने प्रयासमा रहेको छ । बुधबार राति टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले वर्षाका कारण ३९ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाउँदै ३०६ रन बनाएको थियो ।

श्रीलंकाका लागि  ३ जना ब्याट्सम्यानले अर्धसतकीय पारि खेले ।  डासुन शंखले सर्वाधिक ६५ रन बनाउँदा, थिसेरा परेरा ५१ रनमा नटआउट रहे । यस्तै कुुशल परेराले पनि ५१ रनकै पारि खेलेका थिए ।
३०७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वर्षा बाधक भएपछि अफ्रिकालाई २१ ओभरमा १९१ रनको नयाँ लक्ष्य दिइएको थियो ।

अफ्रिका निर्धारित २१ ओभरमा ९ विकेट गुमाउँदै १८७ रनमा रोकिएको थियो । अफ्रिकाका हासिम अमलाले सर्वाधिक ४० रन बनाउँदा जेपी डुमेनी ३८ रन बनाएर आउट भएका थिए । श्रीलंकाका सुरंगा लकमलले ३ विकेट लिए ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया