बुधबार ओरालो लागेको रियाल, रिंगिट, दिर्हामको मूल्य थप कमजोर

 साउन २४, २०७५ बिहिबार १०:५०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २० पैसा र बिक्रिदर २९ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रिदर ३० रुपैयाँ २४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८१ पैसा र बिक्रिदर २९ रुपैयाँ ९७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८७ पैसा र बिक्रिदर २७ रुपैयाँ ०२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रिदर ९ रुपैयाँ ८३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर ३ सय ६३ रुपैयाँ ३१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ९५ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ५४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया