करण जोहरले बनाउने भए अहिलेसम्मकै ‘महंगो फिल्म’

 साउन २४, २०७५ बिहिबार १२:२७:२७ | एजेन्सी
unn.prixa.net

बलिउड फिल्म निर्देशक तथा निर्माता करण जोहरले फिल्म ‘तख्त’ बनाउने घोषणा गरेका छन् । यस फिल्ममा २ वा ३ जना अभिनेता होइन कयौं अभिनेताहरुको अभिनय रहनेछ । फिल्ममा करिना कपूर खान, रणवीर सिंह, आलिया भट्ट, विक्की कौशल, भूमि पेडनेकर, जान्हवी कपूर र अनिल कपूरलगायतका कलाकारहरु रहनेछन् ।

करण जोहरले यस फिल्मको कहानीबारेको जानकारी र कलाकारहरुको नामसहितकोे ट्वीट गरेका छन् । ऐतिहासिक पृष्ठभूमिमा बन्न लागेको यस फिल्ममा भारतका मुगलहरुको कहानी हुनेछ । यस अघि अलाउद्दिन खिलजीको भूमिकामा देखिएका अभिनेता रणवीर सिंह यस फिल्ममा पनि नकारात्मक चरित्रमा देखिनेछन् । यस फिल्मको कहानीमा यूद्ध हुनेछ र योद्धाहरु पनि हुनेछन् ।

 

करण जोहरले ट्वीटमा भनेका छन् फिल्म ‘तख्त’मा प्रेमका लागि यूद्ध हुनेछ । फिल्म ‘धडक’ मार्फत डेब्यू गरेकी जान्हवी कपूर यस फिल्ममा अभिनेता विक्की कौशलकी श्रीमतीको भूमिकामा देखिनेछिन् । अभिनेत्री करीना कपूर खान र आलिया भट्ट रणवीर सिंहको जोडीको रुपमा अभिय गर्नेछन् । अभिनेता अनिल कपूर शाहजहाँको भूमिकामा देखिने बताइएको छ ।

यो फिल्म करण जोहरको धर्मा प्रोडक्शन्सको अहिले सम्मकै महंगो फिल्म हुनेछ । फिल्मको छायांकन भारतको राजस्थान र गुजरातका विभिन्न स्थानमा गरिनेछ । यो फिल्म सन् २०२० मा प्रदर्शन हुनेछ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया