उर्जामा बढ्यो २१ अर्ब बजेट

 जेठ १५, २०७५ मंगलबार १७:२१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – सरकारले उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड रकम विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले २०७५ देखि २०८५ सम्मको अवधिलाई उर्जा दशकको रुपमा मनाइने घोषणा गर्नुभयो । सरकारले उर्जा क्षेत्रमा चालु आर्थिक वर्षको तुलनामा २१ अर्ब ४२ करोड बढी रकम विनियोजन गरेको हो । 

चालु आर्थिक वर्षमा उर्जा क्षेत्रका कार्यक्रमका लागि ६२ अर्ब ४७ करोड रुपैयाँ छुट्याएको थियो । तर यस वर्ष सरकारले उर्जालाई प्राथमिकता दिएकाले झण्डै २५ प्रतिशतले वृद्धि गरेको हो ।  

सरकारले बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गरी आयोजना निर्माण अघि बढाउनुका साथै ग्रामिण विद्युतीकरणका लागि ५ अर्ब बजेट विनियोजना गरिएको छ । यस्तै राष्ट्रसेवक र विदेशमा रहेका नेपालीको लगानीमा विद्युत आयोजना निर्माण गरिने, सर्वसधारणको लगानीमा ३ हजार मेगावाटको विद्युत योजना निर्माण कार्य पनि सुरु गरिने बजेटमा उल्लेख छ ।  

तराईमा २५ हजार घरमा गोवरग्यास प्लान्ट बनाउन सरकारले अनुदान दिने घोषणा पनि गरेको छ । यस्तै उर्जाको विकासका लागि विद्युत नियमन आयोग गठन गरिने पनि बजेटमा उल्लेख छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया