मन्त्रीलाई लिएर सडक अनुगमनमा नेता नेपाल

 साउन २४, २०७५ बिहिबार १४:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपाल मन्त्री, प्रदेश सांसद र विभागका सचिवसहित ठेकेदारलाई समेत लिएर सडक अनुगमनमा निस्कनुभएको छ ।

नेता नेपाल बिहीबार चाबहिल–बौद्ध–साँखु–जोरपाटी सडकको अनुगमनमा निस्कनुभएको हो । काठमाडौं क्षेत्र नम्बर २ का सांसद समेत रहेका नेता नेपाल प्रदेश सांसद रामेश्वर फुयाँल, यातायात मन्त्री रघुवीर महासेठसमेतलाई लिएर सडक निर्माणको अनुगमनमा निस्कनुभएको हो ।

उहाँले अनुगमनका क्रममा काममा ढिलाई गर्ने ठेकेदार माथि कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले आफू १५ दिनपछि अनुगमनमा आउँदा सडकमा रहेको खाल्डाखुल्डी पुरिनुपर्ने बताउनुभयो । ठेकेदारले १५ दिनपछि सबै खाल्डाखुल्डी पुरिसक्ने प्रतिबद्धता जनाएका थिए ।

 

स्थानीयवासीले ठेकेदारले अनुगमनमा मन्त्री तथा नेता आउने भनेपछि ठेकेदारले सडक सफा गर्ने र मर्मत गर्ने, मन्त्री तथा नेता नआउँदा सडकको बेहाल हुने गुनासो गरेका थिए । स्थानीयवासीले नेता नेपाललाई जानकारी नगराई सडकको अनुगमनमा आए वास्तविक अवस्था बुझ्न सकिने बताएका थिए ।


भिडियाे र फाेटाे राजेश रार्इकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • बिष्णु प्रसाद उपाध्याय

    Aug. 9, 2018, 6:47 p.m.

    यसरी नेताहरूको लर्को लगाएर सड़क को खाल्डा खुल्टी पुर्ने काम देखाएर कहिले देस बिकास होला ? ज़िम्मेवारी कस्को तेसैले ज़िम्मा लिएर इमानदारी नदेखाए सम्म यो सम्भव छैन ।योकुरा ज़िम्मेवार ब्यक्ती ले पनी बुझ्न पर्यो र निती निर्माण कर्ताले पनि काहा गल्ती छ त्यस्को पत्ता लगाइ कार्यवाही अगाडी बडाउनु पर्यो । नत्र एकदिनको देखावटीले हुदैन बिकास ।

  •  0 Reply

तपाईको प्रतिक्रिया