बन्द पासाङल्हामु राजमार्ग खुलाउने प्रयास जारी

 साउन २४, २०७५ बिहिबार १४:२८:४६ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–१ सिम्बुटारमा सडक भासिएर खसेपछि पासाङल्हामु राजमार्गमा यातायात ठप्प भएको छ । 

अविरल वर्षाको कारण बिहीबार विहान सडक भासिँदा काठमाडौंबाट रसुवा र रसुवाबाट काठमाडौंतर्फ हिडेका सवारीसाधनहरु रोकिएको  छ । 

सडक भत्किएपछि साना सवारीसाधन मात्र सञ्चालन भएकोमा अहिले भत्किएको सडक बनाउने काम भइरहेकोले सबैखाले सवारीसाधनहरु रोकिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । 

बसहरु रोकिएपछि वैकल्पिक सडक नभएको कारण यात्रुहरुले भत्किएको सडक पार गरी अर्को सवारीसाधन चढेर गन्तव्यतिर गइरहेका छन् । 

भत्किएको सडक बनाउने काम तीव्रतासाथ भईरहेको  छ । 

जालीमा ढुंगा भर्ने र पर्खाल लगाउने काम भईरहेकोले साँझसम्म सडक सञ्चालन हुने प्रहरीले जनाएको छ ।     

अन्तिम अपडेट: चैत ८, २०८०

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया