७३ वर्षअघिको त्यो नागासाकी र अहिलेको याे नागासाकी(फोटोमा)

 साउन २४, २०७५ बिहिबार १६:१०:९ | एजेन्सी
unn.prixa.net

हिरोसिमा र नागासाकी, विश्वका धेरै मानिसको जिब्रोमा झुण्डिएको शब्द ।

७३ वर्षअघि अमेरिकाको आणविक बम आक्रमणमा ध्वस्त भएका यी दुई शहरको त्यतिबेलाको सम्झना गर्दा अहिले पनि आङ जिरिङ्ग हुन्छ ।

३ दिनअघि हिरोसिमा बम हमलाको स्मरण गरियो भने आज नागासाकी हमलाको स्मरण गरिएको छ । यस अवसरका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सबै देशलाई निशस्त्रीकरणका लागि प्रतिवद्ध हुन तथा ठोस कदम चाल्न आग्रह गर्नुभएको छ ।

नागासाकीका मेयर तोमिहिसा ताउएले अहिले पूरा विश्वले नै जापान सरकारलाई निशस्त्रीकरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको बताउनुभयो ।

अमेरिकाले हिरोसिमामा आणविक बम आक्रमण गरेको ३ दिनपछि नागासाकीमा सन् १९४५ को अगस्ट ९ तारिख अर्थात आजकै दिन ‘फ्याट म्यान’ नामको परमाणु बम खसालेको थियो ।

आणविक बम आक्रमण र त्यसका असरको कारण नागासाकीमा मात्र ७० हजारभन्दा बढीले ज्यान गुमाएका थिए । अमेरिकाले खसालेको त्यो नरसंहारकारी ‘फ्याट म्यान’को तौल ४ हजार ६ सय ३३ किलो , लम्बाई ३ दशमलव ३ मीटर र गोलाई साढे एक मीटर थियो ।

हिरोसिमामा खसालिएको लिटिल ब्वाई नामको बमका कारण भने १ लाख ४० हजार भन्दा धेरैले ज्यान गुमाएका थिए । यी दुई ठाउँमा गरिएको आक्रमणपछि जापानले अमेरिका सामु आत्मसमर्पण गरेको थियो ।

अहिलेकाे नागासाकी

सन् १९४५ काे त्राषदिपूर्ण र कहालीलाग्दाे घटनाका बाबजुद जापानले अाफूलाई रुपान्तरित गर्न सफल भएकाे छ । अमेरिकाद्वारा तहसनहस बनाइएकाे हिराेसिमा र नागासाकीकाे वर्तमान स्वरुप हेर्दा जापानकाे इच्छाशक्तिलाई सलाम गर्नैपर्छ ।


 

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया