नेपाली यु–१९ टोलीले भारतमा ऐतिहासिक एकदिवसीय शृङ्खला खेल्ने

 साउन २४, २०७५ बिहिबार १७:४६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली यु–१९ राष्ट्रिय टोलीले भारत र पाकिस्तान सम्मिलित टोलीसँग एकदिवसीय शृङ्खला खेल्ने निश्चित भएको छ । चार टोली सम्मिलित सिरिज खेल्न भारतले नेपाललाई प्रस्ताव गरेको थियो ।
 
भारतले आयोजना गर्ने सिरिजमा भारत र अफगानिस्तानको यु–१९ राष्ट्रिय टोली र भारतीय नेसनल क्रिकेट एकेडेमी एनसीए गरी चार टोली सम्मिलित प्रतियोगितामा नेपालले सहभागिता जनाउने निर्णय गरेको हो ।
 
नेपाली यु–१९ टोलीका प्रशिक्षक विनोद दासले बिहीबार पत्रकार सम्मेलन गरी सिरिजमा सहभागिता जनाउने निश्चित भएको र त्यसका लागि खेलाडी छनोट सुरु गरिने जानकारी दिए ।

‘आईसीसी र एसीसीबाट बजेटका लागि पहल गरेमा लामो समय लाग्ने भएकाले आफ्नै सक्रियतामा छनोट गर्न लागेको हूँ । आईसीसी र एसीसीमा यसको व्यहोरा जानकारी गराइसकेको छु’, प्रशिक्षक दासले भने ।
 
आगामी साउन २८, २९ र ३० गते काठमाडौंको भेलोसिटी इन्डोर क्रिकेट मैदानमा छनोट प्रतियोगिता गरी टिम तयार पारिने प्रशिक्षक दासले जानकारी दिए ।

पहिलो चरणबाट ४४ खेलाडी छनोट गरिने प्रशिक्षक दासले जानकारी दिए । जसमा अघिल्लो संस्करणको यू–१९ खेलाडी १४ जना, सात प्रदेशबाट ३–३ जना र खुल्ला छनोटबाट कम्तीमा नौ जनालाई सम्मेलित गरेर प्रारम्भिक टोली बन्नेछ ।

त्यसबाट १९ जनालाई अन्तिम तयारीका लागि बन्द शिविर प्रशिक्षणमा राखिनेछ । अघिल्लो संस्करणको सेमिफाइनलमा पुगेका कारण नेपालले एसिया कपका लागि छनोट प्रतियोगिता खेल्नु पर्नेछैन ।

यो छनोट खुल्ला भएकाले १९ वर्ष पार नभएका सबै खेलाडीले सहभागिता जनाउन पाउने प्रशिक्षक दासको भनाई छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया