श्रीमतीको हत्या गरेर आत्मसमर्पण

 साउन २५, २०७५ शुक्रवार ५:५५:२७ | उज्यालो सहकर्मी

बाँके - बाँकेमा एक ब्यक्तिले श्रीमतीको हत्या गरेर प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गरेको भोलिपल्ट श्रीमतीको शव फेला परेको छ । 

नेपालगञ्ज उपमहानगरपालिका २३  जंगली सिंह पुर्वाका शेरअली शेखले २७ वर्षीया श्रीमती साकरुन बेहनाको हत्या गरेका हुन । उनको बयानका आधारमा बिहीबार नेपाल भारत सीमास्थित भारतीय जङ्गलमा साकरुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

साकरुनको माइती भारतको श्रावस्थी जिल्लाको थाना मल्लिपुर कुण्ड ग्रामसभा हो । उनीहरुका दुई सन्तान छन् । 

शेरअली करिब डेढ महिनाअघि बिदेशबाट घर फर्केका हुन । उनले घाँटी थिचेर श्रीमतीको हत्या गरेको बयान दिएका छ । श्रीमतीको आचरणमा शंका लागेपछि हत्या गरेको उनको दाबी छ । 

अन्तिम अपडेट: भदौ १, २०७५

तपाईको प्रतिक्रिया