सीपीएलमा सन्दीपको शानदार डेब्यू, पहिलो बलमै विकेट

 साउन २५, २०७५ शुक्रबार ७:२८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग सीपीएलमा शानदार डेब्यू गरेका छन् ।

सीपीएल टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट उनले आज सीपीएलमा डेब्यू गरेका हुन् । उनले सीपीएलका लागि पहिलो बलमै विकेट लिएर आफ्नो डेब्यू अविस्मरणीय बनाएका छन् । समग्रमा सन्दीपले ४ ओभर बलिङ गरी २ विकेट लिए ।

गुयानाको राष्ट्रिय रंगशालामा १४७ रनको लक्ष पछ्याएको गुयाना अमेजन वारियर्सविरुद्ध दोस्रो ओभर बलिङ गर्दै उनले सीपीएल डेब्यू गरेका थिए ।

पहिलो बलमै उनले शानदार लेगस्पिनको सदुपयोग गरी गुयाना वारियर्सका भेट्रान ओपनर चाडविक वाल्टनलाई मिडअनको क्षेत्रमा बेन कटिंगको हातबाट क्याच आउट गराए ।

आफ्नो पहिलो ओभरमा विकेटसहित ३ रन खर्चेका सन्दिप छैटौं ओभरमा बलिंग गर्दा विकेट लिन नसके पनि किफायती बलिङ गरे । उनले मात्र एक रन खर्चिएका थिए । पहिलो बलमै विकेट लिएपछि विपक्षी ब्याट्सम्यान उनीप्रति सजग देखिन्थे ।

आठौं ओभरमा आफ्नो तेस्रो स्पेल लिएर आएका सन्दिपले ५ रन खर्चिए । सन्दिपले दोस्रो विकेट भने आफ्नो अन्तिम ओभरमा लिए । १०औं ओभरको दोस्रो बलमा १६ रन बनाएर खेलिरहेका वेष्ट इण्डिजका ब्याट्सम्यान ज्यासन मोहम्मदलाई डीप कभरको क्षेत्रमा टम कूपरको हातबाट क्याच आउट गराए । त्यस ओभरमा उनले विकेटसहित ४ रन खर्चिए ।

१७ वर्षीय युवा लेग स्पिनर सन्दीप लामिछानेको यो तेस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिग हो । यसअघि उनले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलिसकेका छन् भने क्यामडामा टी­–२० प्रतियोगिता खेलेका छन् । आईपीएलमा दिल्लीबाट उत्कृष्ट प्रदर्शन गरेका उनी त्यसलगत्तै विश्व–११ को टोलीमा समेत परेका थिए । जसले वेष्ट इण्डिजबिरुद्ध लर्डस मैदानमा मैत्रीपूर्ण च्यारिटी खेल खेलेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • UK Shahi

    Aug. 10, 2018, 7:46 a.m.

    Nepal पनि खेल क्षेत्रमा अब्बल रहेको बिश्व सामु देखाउने एक मात्र युवा खेलाडी सन्दीप लाई धेरै धेरै धन्यवाद । भबिस्यमा पनि अझै राम्रो होस। I wish for your good future . Nepalko chinari .... Ony you are.. Sandeep Lamichhane..

  •  0 Reply

तपाईको प्रतिक्रिया