दाङमा आगलागी हुँदा एक जनाको ज्यान गयो
बैशाख ७, २०८१ शुक्रबार
रुपन्देही - प्रदेश नम्बर पाँचको दोश्रो अधिवेशन अन्त्य भएको छ । वैशाख ३१ गते सुरु भएको अधिवेशनमा २८ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले बताएको छ । प्रदेश मन्त्रीपरिषदको बुधबार बसेको बैठकले बिहीबार रातीदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।
अधिवेशनले १५ विधेयक पारित गरेको छ । तीमध्ये १४ विधेयक प्रदेश प्रमुख उमाकान्त झाले प्रमाणित गरिसक्नु भएको छ । पहिलो अधिवेशनमा ८ वटा र दोश्रो अधिवेशनमा दर्ता भएका ७ विधेयक दोश्रो अधिवेशनले पारित गरेको हो । यो अधिवेशनले आर्थिक वर्ष २०७५।०७६ को बजेट पारित गरेको छ भने स्थानीय तहका जनप्रतिनिधिहरुले पाउने सेवा सुबिधा सम्वन्धी विधेयक पनि पारित गरेको छ ।
अधिवेशनले प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न अधिकार सम्पन्न बिशेष समिति बनाएको छ । जसले ३ महिनाभित्र प्रदेशको स्थायी राजधानी र नाम जुराएर सिफारिस गर्नेछ । अधिवेशनले सहमतिको आधारमा ६ वटा विषयगत समिति पनि बनाएको छ । एउटा विशेषाधिकार समिति पनि बनेको छ ।