धनुषामा लुटेराले गोली चलाउँदा एकजना घाइते

 साउन २५, २०७५ शुक्रबार ८:२:५७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – लुटेराको गोली लागेर एकजना घाइते भएका छन् । मिथिला नगरपालिका ८ जम्मुनिवास चोकका ३८ वर्षीय पुष्पलाल श्रेष्ठ लुटेराको गोली लागेर घाइते हुनुभएको हो ।

राति आएका लुटेराले घरको साढे ६ तोला सुन, १५ तोला चाँदी र साढे २ लाख ५० नगद लिएपछि प्रतिकार गर्न खोज्दा लुटेराले गोली चलाएकोे प्रहरीले जनाएको छ । 

उहाँको कम्मरमुनि दुईवटा गोली लागेको छ । जनकपुर अञ्चल अस्पातलमा उपचार हुन नसकेपछि श्रेष्ठलाई थप उपचारको लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइदैछ । लुटेराको खोजी भैरहेको प्रहरीले जनाएको छ । 

लुटपाटको क्रममा श्रेष्ठका परिवारमाथि लुटेराले कुटपीट समेत गरेको वडा नं. ८ का वडाध्यक्ष देवनारायण महतोले बताउनुभयो । उहाँका अनुसार राति १२ बजे नै लुटेरा घरमा प्रवेश गरेपछि प्रहरीलाई खबर गरिएकाे थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया