प्रदेश दुईमा संसदीय मामिला पत्रकार समाज गठन

 साउन २५, २०७५ शुक्रबार १४:३६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – प्रदेश २ मा संसदीय मामिला पत्रकार समाज गठन गरिएको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाको आयोजनमा भएको पत्रकारहरुको भेलाले अन्नपूर्ण पोष्टकी धनुषा समाचारदाता मनिका झाको नेतृत्वमा ९ सदस्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा दैनिक जनकपुरका कैलाश दास, सचिवमा टीभी टुडे जनकपुरका दीपक कर्ण, कोषाध्यक्षमा उज्यालो नेटवर्कका शैलेन्द्र महतो चयन भएका छन् । समितिको सदस्यहरुमा माउन्टेन टीभीका बटुकनाथ झा, थहा सञ्चारका गोविन्द महतो, अप्पन टीभीका संजय साह, कान्तिपुर टीभीका वृषेश यादव र समाचार दैनिककी नेहा झालाई सर्वसम्मतिले चयन गरिएको हो ।

नेपाल पत्रकार महासंघ धनुषा शाखा र नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को रोहवरमा संसदीय मामिला पत्रकार समाज प्रदेश २ गठन गरिएको हो ।

यस्तै समितिका सल्लाहकारमा महासंघ प्रदेश २ का सचिव किरण कर्ण, महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्र, राससका हिमांशु चौधरी, रेडियो नेपालका अजय झा, कान्तिपुर दैनिकका श्यामसुन्दर शशि, लोकान्तरका अजय अनुरागी, तराई टाईम्सका विरेन्द्र रमण र नेपाल टेलिभिजनका श्रीनारायण साहलाई चयन गरेको हो ।

संसदीय रिपोटिङको क्रममा आइपर्ने वाधाव्यवधानको निराकरण एवं सहज समाचार संकलनको लागि वातावरण तयार गर्ने उद्धेश्यसहित संसदीय मामिला पत्रकार समाज गठन गरिएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया