कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
निर्देशक सञ्जय लीला भन्साली उनको नयाँ फिल्म ‘इन्शाअल्लाह’को तयारीमा जुटिसकेका छन् ।
अहिले यस फिल्ममा कुन अभिनेताले बाजी मार्नेछन् भन्ने कुराको चर्चा चलिरहेको छ ।
‘पद्मावत’ जस्तो हिट फिल्मका निर्देशक सञ्जय लीला भन्सालीले केही महिनाअघि नै यो फिल्म दर्ता गरेका थिए ।
खबरहरुका अनुसार भन्सालीले यस फिल्मका लागि सलमान खान र उनको जोडीको रुपमा दीपिका पादुकोणलाई कास्ट गर्न सक्ने बताइएको छ ।
सलमान र दीपिकाले अहिलेसम्म कुनैपनि फिल्ममा एकसाथ काम गरेका छैनन् । त्यसैले सलमान र दीपिकाको जोडी पर्दामा हेर्नका लागि दर्शकहरुमा पनि एक खालको क्रेज रहेको छ ।
भन्सालीको साथमा अभिनेता सलमान खानले यस अघि फिल्म ‘हम दिल दे चुके सनम’ मा काम गरिसकेका छन भने अभिनेत्री दीपिकाले त भन्सालीका साथ गोलियोंकी रास लीला रामलीला, बाजिराव मस्तानी र पद्मावत जस्ता सुपरहिट ३ वटा फिल्ममा काम गरिसकेकी छिन् ।
सलमान र दीपिकाले एक साथ फिल्ममा काम गर्ने कुराको बेला बेलामा चर्चा भए पनि अहिलेसम्म यि दुबैले एक साथ काम गरेका छैनन् ।
अब भन्सालीको यस फिल्ममा यि दुबैले एकसाथ काम गर्नेछन वा छैनन् यस कुराको टुंगो केही समय पछि मात्रै लाग्नेछ ।