आर्थिक वृद्धि ८ प्रतिशत, मूल्यवृद्धि ५ प्रतिशतमा सीमित राखिने

 जेठ १५, २०७५ मंगलबार १८:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आर्थिक वृद्धि ८ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । 

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सरकारले व्यापक रोजगारी सिर्जना गरेर आर्थिक वृद्धिदर ८ प्रतिशत बढाउने उल्लेख छ । 

यस्तै यो आर्थिक वर्षमा मूल्यवृद्धिलाई ५ प्रतिशतमा सीमित राखिने बजेटमा उल्लेख छ । यो आर्थिक वर्षमा ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएकोमा आर्थिक समीक्षा ५ दशमलब ९ प्रतिशत कायम हुने अनुमान गरिएको थियो । 

सरकारले यो आर्थिक वर्षमा ५ लाख रोजगारी सिर्जना गरेर आर्थिक वृद्धि बढाउने जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया