आँखाजस्तै देखिने पोखरी बनाइयो

 साउन २६, २०७५ शनिबार ६:२०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलास्थित महुरेगढीमा आँखा जस्तै देखिने पोखरी निर्माण गरिएको छ ।

हरेक वर्ष साउन २ गते ठूलो मेला लाग्ने महुरेगढीमा नगरपालिकाको ४३ लाख तथा स्थानीयवासीको ८ लाख बराबरको जनश्रमदान गरी ५१ लाख रुपैयाँको लागतमा पोखरी निर्माण गरिएको हो । 

मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थल महुरेगढीमा निर्माण गरिएको पोखरीको लम्बाई ३२ मिटर छ । बीच भागमा ब्रिज डाइनिङ बनाइएको, दायाँ र बायाँ पानीको फोहोरा छोडिएको पोखरी शुक्रबार नगर प्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । 

महुरेगढीको पर्यटन प्रवर्द्धन गर्दै नगरपालिकाको आन्तरिक आयश्रोत बृद्धि गर्ने उद्देश्यले ब्रिज डाईनिङको माथिबाट सेन्सर विजुली बत्ती र डिजिटल बोर्ड राखिएको पोखरी निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश राईले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया