इमरान खानले अगस्ट १८ प्रधानमन्त्रीको सपथ लिने, सुनिल गावस्कर, कपिल देव र सिद्धुलाई औपचारिक निम्तो

 साउन २६, २०७५ शनिबार ६:५०:५१ | एजेन्सी
unn.prixa.net

पूर्व क्रिकेटर इमरान खानले अगस्ट १८ मा पाकिस्तानको प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने पक्का भएको छ । 

पाकिस्तान तहरीक–ए–इन्साफ(पीटीआई) ले सपथग्रहण कार्यक्रमको औपचारिक मिति तय गर्दै इमरान खानलाई संसदीय दलको नेता चुन्ने औपचारिक प्रक्रिया पूरा भएको बताएको छ ।

पीटीआई नेता फैसल जावेदले सपथग्रहण समारोहमा भारतीय क्रिकेटका दुई पूर्व कप्तान सुनिल गावस्कर, कपिल देव तथा ब्याट्सम्यान नवजोतसिंह सिद्धूलाई निम्तो पठाइएको पनि आधिकारिक पुष्टि गरे । 

संसदमा हुने प्रधानमन्त्रीको चुनावमा पीटीआईले सहजै समर्थन जुट्ने बताएको छ । ११६ सिट जितेको पीटीआईले आफूलाई १८० भन्दा बढी सांसदको समर्थन रहेको बताएको छ ।


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया