प्रधानमन्त्री ओलीलाई भेट्न डाक्टर केसी बालुवाटारमा

 साउन २६, २०७५ शनिबार १२:१:४६ | उज्यालो सहकर्मी

काठमाडौं – आफूसँगको भएका सम्झौता कार्यान्वयनको माग गर्दै डाक्टर गोविन्द केसी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको छ । 

चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ औं पटक अनसनमा बसेको २७ औं दिनमा सरकारसँग सहमती भएपछि डाक्टर केसीले गएको १० गते अनसन तोड्नुभएको थियो । तर दुई हप्ता बितिसक्दा पनि सहमति कार्यान्वयन नभएको भन्दै डाक्टर केसी बालुवाटार पुग्नुभएको हो ।

अहिले डाक्टर केसी र प्रधानमन्त्री ओलीबीच छलफल भैरहेको छ । गएको १० गते काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज नखोल्ने सहित ७ बुँदे सहमति गरेपछि डाक्टर केसीले अनसन तोड्नुभएको थियो । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया