चोरले विमान लिएर भागेपछि...

 साउन २६, २०७५ शनिबार १४:५१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

हवाइ कम्पनीका एक कामदारले यात्रुविहीन एक विमान चोरेर भागेका छन् ।

त्यो विमान चोरले चोरेर भागेको केही समयपछि दुर्घटना भएको छ । शुक्रबार अमेरिकाको सियाटल टाकोमा अन्तर्राष्ट्रिय एयरपोर्टबाट एक हवाइ कम्पनीका कामदारले चोरेको यात्रुरहित विमान नजिकैको आइल्याण्डमा दुर्घटना भएको थियो । उक्त विमान ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।

सामाजिक सञ्जालमा त्यो विमान दुर्घटनाको भिडियो फुटेजहरु पोष्ट गरिएका छन् । विमानस्थलबाट चोरले विमान चोरेर भागेपछि एफ–१५ लडाकू विमानले त्यसलाई पछ्याएको थियो । चोरले त्यो विमान अनौठो तरिकाले उडाएको अधिकारहिरुले जनाएका छन् । उडेको केही समयपछि त्यो विमान दुर्घटनामा परेको थियो ।

 

More video of the stolen Q400 as it flew around the Seattle area. pic.twitter.com/Mzpuo4lvC2

अधिकारीहरुले त्यो घटना आतंककारीले नघटाएकाे बताएका छन् । विमान चोर्ने व्यक्ति सियाटल टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलको स्थानीय २९ वर्षको कामदार भएको बताइएको छ । एयर ट्राफिक कन्ट्रोलरले त्यो विमान दुर्घटना हुनुभन्दा अगाडि विमान उडाउने व्यक्तिलाई सुरक्षित विमान ल्याण्डिङ गर्न प्रोत्साहित गरेको बताएका छन् । द सियाटल टाइम्सले विमान चोर्ने व्यक्तिले लापरवाही र जंगली व्यवहार तथा चरित्र देखाएको उल्लेख गरेको छ ।

आलास्का एयरलाइन्सको होराइजन क्यू ४०० नामको त्यो विमान केट्रोन आइल्याण्डमा दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । अडियो रेकर्डिङमा त्यो विमान चोर्ने व्यक्ति ‘प्लेनमा कति इन्धन छ’ रहेको भन्ने विषयमा चिन्तित रहेको बीबीसीले उल्लेख गरेको छ ।

 

रेकर्डिङबाट प्राप्त जानकारी अनुसार विमान चोरेर उडाउने ती व्यक्तिले आफैंले त्यो विमान ल्याण्ड गर्ने एयर ट्राफिक कन्टोलरलाई बताएका थिए । उनले आफूले विमान ल्याण्ड गर्ने तरिका केही भिडियो खेलहरुबाट सिकेको बताएका थिए । ती चालकले वासिङ्टन राज्यको ओलम्पिक पहाडमा पुग्न सकिने नसकिनेबारे विमानबाट दृश्यहरु हेरेको बीबीसीले उल्लेख गरेको छ ।

त्यो विमान चोरेर चलाउने ती व्यक्तिले आलास्का एयरलाइन्सले आफूले सुरक्षित अवतरण गरेपछि जागिर दिन्छ वा दिँदैन भन्ने चिन्ता जनाएको बीबीसीले उल्लेख गरेको छ । विमान खसेको ठाउँका एक स्थानीयले विमान खस्दा आफूहरु पूरै त्रसित भएको बताएका थिए । 

 

नजिकै प्रहरी चाैकी रहेकोले प्रहरी अधिकारीहरुले त्यो प्लेन चालकसँग सम्पर्क गर्न खोजेको र केही समयपछि विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । हवाइ कम्पनीको फिल्डमा काम गर्ने ती कामदारमा विमान चलाउने सीप नहुँदा विमान दुर्घटना हुनबाट जोगाउन नसकिएको अधिकारीहरुले स्पष्ट पारेका छन् ।

आलास्का एयरलाइन्सका प्रवक्ताले त्यो विमान चोर्नुभन्दा अगाडि साबुत भएको र त्यो उडानको ‘क्यू’ मा नरहेको बताएका छन् । उडिरहेका र उड्नै लागेका विमानहरु ल्याण्ड गर्दै विमान चालकहरुले ट्वीट गरेका छन्, ‘त्यो घटना घटेपछि तिनीहरुको विमान रन वे को बीचमा नै रोकिएको थियो ।’ 

त्यो विमान दुईवटा इञ्जिन भएको विमान रहेको अधिकारीहरुले बताएका छन् । त्यो विमानले अमेरिकाको पश्चिमी क्षेत्रतिर छोटो दूरीको उडान गर्ने गरेको थियो । विमान दुर्घटना भएको आइल्याण्डमा १२ जनाको घर भएको बताइएको छ ।

 

लडाकू विमान त्यो विमान दुर्घटना हुने वितिक्कै घटनास्थलमा पुगेको भए पनि दुर्घटनामा अन्य क्षतिबारे कुनै जानकारी आएको छैन । अधिकारीहरुका अनुसार त्यो विमानमा कर्मचारी र अरु कुनै यात्रुहरु रहेका थिएनन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया