बाहिरका कुरा नसुन्न डाक्टर केसीलाई प्रधानमन्त्री ओलीको आग्रह, माग पूरा हुने अाश्वासन

 साउन २६, २०७५ शनिबार १५:२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर गोविन्द केसीसँग भएको सबै सहमति कार्यान्वयन गरिने बताउनुभएको छ ।

शनिबार डाक्टर गोविन्द केसी र उहाँका प्रतिनिधिबीच वालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले डाक्टर केसीले उठाएका धेरैजसो माग नागरिककै लागि भएकाले फेरि अनसन बस्न नपर्ने गरी सरकारले काम गरिहेको बताउनुभएको छ ।

डाक्टर केसीका मागमा सरकार इमान्दार भएकोले बाहिरका कुरा नसुन्न प्रधानमन्त्री ओलीले डाक्टर केसीलाई सुझाव दिनुभएको छ । भेटमा डाक्टर केसीले सहमति भएको १५ दिन बितिसक्दा पनि माग कार्यान्वयनको सुरुवात नभएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ औं पटक अनशनमा बसेको २७ औं दिनमा सरकारसँग सहमति भएपछि डाक्टर केसीले गएको १० गते अनशन तोड्नुभएको थियो ।

प्रधानमन्त्रीले बोलाएपछि बिहान डाक्टर केसीसहित अधिवक्ता सुरेन्द्र भण्डारी, ओम प्रकास अर्याल, अभिषेकराज सिंह लगायतको टोली वालुवाटार पुगेको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Junga bahadur suyal

    Aug. 11, 2018, 4:08 p.m.

    कुरा सहि हो अब dr k c को माग हरु सहि र योग्य छ्न यथाशीघ्र पुरा गर्नु पर्छ ता कि अब फेरि फेरि पनि आमरण अनासन बस्नु नपरोस् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया