करको दर घटाउनुपर्ने माग गर्दै उद्योग वाणिज्य महासंघको टोली प्रधानमन्त्री निवासमा

 साउन २६, २०७५ शनिबार १५:१४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्योग, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रको समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । 

उद्योग वाणिज्य महासंघको प्रतिनिधि टोलीसँगको भेटमा प्रधानमन्त्रीले औद्योगिक क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योग, शिक्षा, स्वास्थ्य , उर्जा, कृषि लगायत क्षेत्रको सुधार गर्दे समग्र रुपमा मुलुकको आर्थिक अवस्था उकास्नमा सरकार लागिरहेको बताउनुभएको हो ।

स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न शिर्षकमा लगाएको करका कारण व्यवसायीहरुमा सर्वत्र त्रास फैलिएको भन्दै महासंघको टोलीले सरकारको ध्यानाकर्षण गराएको छ । महासंघकी अध्यक्ष भवानी राणाले अनावश्यक करको बोझको अन्त्य, पुराना औद्योगिक नीति परिवर्तन लगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या र चुनौति सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताउनुभयो ।

भेटमा प्रधानमन्त्रीले उद्योग क्षेत्रको सुधार र विस्तारका लागि बुँदागत सुझाव दिन भनेको पनि उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय तीनै तहका सरकारले विभिन्न शीर्षकमा लगाएको करले आफूहरुलाई आतंकित बनाएको भन्दै व्यवसायीले त्यसको विरोध गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया