कञ्चनपुरकाे पुनर्वासबाट अवैध भारतीय कुखुरासहित एकजना पक्राउ

 साउन २६, २०७५ शनिबार १५:२५:५१ | निर्मला खडायत
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुरको पुनार्वास नगरपालिकामा रहेको देउराली बजारबाट भारतीय कुखुरासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पुनर्वास नगरपालिका वडा नम्बर–११ भिमबस्ती बस्ने २५ वर्षीय जयराज भट्टलाई सशस्त्र प्रहरी हवल्दार भिम बहादुर थापाको कमाण्डमा खटिएको टाेलीले भारतको सिमावर्ती बजारबाट नेपाल भित्र्याउँदै गर्दा पक्राउ गरकाे हो ।

भट्टले भारतीय नम्बर यूपि ३१ एएफ ३६१४ नम्बरको मोटरसाइकलमा करिब १ सय ३० केजी कुखुरा भित्र्याउँदै गरेको बताइएको छ ।

पक्राउ परेका भट्टले गएको एक वर्षदेखि भारतीय बजारबाट कुखुरा तस्करी गर्दै नेपालका बजारमा बिक्री गर्दै आएको खुलेको छ । 

पक्राउ गरेका कुखुरालाई सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वाटर कैलाली नम्बर ४ को परीसरमा नष्ट गरिएको छ भने मोटरसाइकल कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक जनक उपाध्यायले जानकारी दिनुभयो ।

खुल्ला सिमाना भएका कारण कैलाली/कन्चनपुरमा भारतका सिमावर्ती बजारबाट अबैध रुपमा कुखुरा तस्करी हुने गरेको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया