वर्षाले राजमार्ग बन्द, खोल्ने  प्रयास जारी

 साउन २६, २०७५ शनिबार १७:३३:४५ | विमल बिष्ट
unn.prixa.net

डोटी - लगातारको वर्षाका कारण डोटीको सिलगढी र अछामको साँफे जोड्ने पहलमान सिंह स्वाँर राजमार्ग बन्द भएको छ । 

बन्द भएको राजमार्ग नेपाली सेनाको रुद्रध्वज गण तथा जिल्ला प्रहरी कार्यालय डोटीको प्रहरी टोलीले बिहानै देखी सुचारु गर्न लागि परेको छ । 

डोटीको सिलगढीमा रहेको उडितोलमा पहिरो आउँदो राजमार्ग शुक्रबार रातिदेिख बन्द भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता डिएसपी लालबहादुर धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पहिरोले करिब ५० मिटर सडक पुरेको छ,बिहानैदेखि प्रहरी तथा सेनाको टोलीले पहिरो पन्छाउदै छ, एक दुई घण्टामा राजमार्ग सुचारु हुने छ ।’ 
लगातारको बर्षाका कारण डोटीमा रहेका स्थानिय सडकहरु समेत बन्द भएका छन् । 

यहाँका ग्रामीण क्षेत्रमा रहेका सडकमा ठूल्ठूला पहिरो आँदा सडक बन्द भएका हुन् । 

सडक बन्द भएपछि ग्रामीण क्षेत्रमा सवारी साधन चलाउन बन्द भएको शैलेस्वरी यातायात व्यवसायी समितिका रुट इन्चार्ज प्रेमबहादुर रावलले बताउनुभयो ।

राजमार्ग बन्द भएपछि तराईबाट पहाड आउने र पहाडबाट तराई जान हिडेका सवारी साधन र यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

अन्तिम अपडेट: फागुन २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया