टाइम कार्ड लागू गरे पनि रोकिएन टिपर आतंक, धनुषामा एकजनाको ज्यान  गयो

 साउन २६, २०७५ शनिबार १७:४७:१६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – टिपरले धनुषाको ढल्केवरमा एकजना मोटरसाइकल चालकलाई ठक्कर दिँदा चालकको घटनास्थलमा नै ज्यान गएको छ ।

अत्यधिक गतिमा टिपर कुदाएर पटक–पटक सर्वसाधारणको ज्यान लिएको भन्दै गति माथि लगाम कस्न गएको फागुन २२ गतेदेखि जनकपुर ढल्केवर सडक खण्डमा टिपरलाई टाइम कार्ड लागू गरेको थियो । तर नियमित अनगुगमन नहुँने र लापरबाही गर्ने टिपरमाथि कारबाही नहुँदा अत्यधिक गतिमा कुदाएर मान्छे मार्ने र सर्वसाधारण तर्साउने काम बन्द भएको छैन ।

शनिबार पुनः टिपरले जनकपुर–ढल्केवर सडक खण्डमै मोटरसाइकल चालकको ज्यान लिएको हो । ज्यान जानेमा धनुषाधाम नगरपालिका–५, नौसय बिघाका २६ वर्षीय उमेश दास रहेको प्रहरीले जनाएको छ ।

दिउँसो ढल्केवरबाट जनकपुरतर्फ आउँदै गरेको बा. ८ ख. ११७० नम्बरको टिपरले विपरित दिशाबाट जाँदै गरेको ज १० प ८४३२ नम्बरको मोटरसाइकललाई क्षिरेश्वर नगरपालिका–५, महेन्द्रनगर पुल नजिक ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै ज्यान गएको हो ।

दासलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल पुर्याउन खोजे पनि उहाँको अस्पताल नै नपुगी ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र मोटरसाइकल इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको जनाएको छ ।

गएको फागुन २१ गते जनकपुर–ढल्केवर सडक खण्डकै नक्टाझिजमा बटेश्वर गाउँपालिका–२, भूचक्रपुरको राष्ट्रिय प्राथमिक विद्यालय रमौलीटोलका शिक्षक ५० वर्षका हरिनारायण यादवको टिपरले ज्यान लिएपछि फागुन २२ गतेदेखि टाफिक प्रहरी कार्यालय धनुषाले टाइमकार्ड लागू गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया