प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
नासाले ‘टच द सन’ उद्देश्यका लागि अन्तरिक्ष यान प्रक्षेपण गर्ने भएको छ ।
१ दशमलव ४ बिलियन डलरमा निर्माण गरिएको त्यो अन्तरिक्षयान झण्डै ६.४ मिलियन किलोमिटर टाढा पुग्ने अनुमान गरिएको छ । अत्याधिक तातो तारा नजिकै गएर त्यो अन्तरिक्ष यानले त्यहाँको वातावरण, सौर्य आँधी तथा अन्य बस्तुको अध्ययन गर्ने बताइएको छ ।
त्यो अन्तरिक्ष यान अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गर्न लागिएको हो । त्यो अन्तरिक्षयान अगष्ट ११ अर्थात शनिबार प्रक्षेपण गर्ने भने पनि मौसममा आएको खराबीका करण आइतबारका लागि सारिएको छ ।
उक्त अन्तरिक्ष यान प्रक्षेपण गरेको केही महिनामा त्यहाँ पुग्ने बताइएको छ । पार्कर सोलार प्रोब नामको त्यो अन्तरिक्षयानलाई रकेटले शुक्र ग्रहतिर फाल्ने र त्यो यान सूर्यको नजिक गएर त्यहाँको अध्ययन गर्ने नासाका वैज्ञानिकहरुले बताएका छन् ।
Saigat rc
Aug. 12, 2018, 4:50 a.m.You guys are accurate & true news providers. Keep this legacy up.