दुम्सी मार्न ओढारभित्र पसेकी महिलाको मृत्यु

 साउन २६, २०७५ आइतबार ५:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - दुम्सी मार्ने क्रममा खोटाङमा एक महिलाको ज्यान गएको छ । दुम्सी मार्नका लागि छोराछोरीसहित निस्केकी खोटेहाङ गाउँपालिका–८ सिमपानीकी ४५ वर्षीया सरिता तामाङको ज्यान गएको हो ।

सिमपानीस्थित डिउखोला भन्ने स्थानमा रहेको ओढारमा दुम्सीलाई धुवाँ लगाउन शनिबार बिहानै घरबाट निस्केका तीन जनामध्ये ओढारबाट आमालाई मृत अवस्थामा र ११ वर्षीय छोरा नवल तामाङलाई अर्धचेत अवस्थामा तथा छोरी अन्दाजी ७/८ वर्षकी पुजना तामाङलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका प्रहरी निरीक्षक केशव कुमार कट्वालले जानकारी दिनुभयो ।

दुम्सी मार्नलाई घरबाट निस्केका आमा छोराछोरी अबेरसम्म घरमा नआउँदा स्थानीयबासिन्दाले बिहान ११ बजेपछि प्रहरीमा खबर गरेका थिए । डिउखोलामा रहेको ओढार बाहिर जुत्ता चप्पल र ओढारमा आगो बलेको देखेपछि ओढारभित्र फसेको पत्ता लगाएको थियो । 

निसास्सिएर बोल्न नसक्ने छोरा नवललाई हेलिकोप्टमार्फत काठमाडौं पु¥याइएको छ । प्रहरीका अनुसार उनको शिक्षण अस्पताल महाराजगञ्मा उपचार भैरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया