रहेनन् काँग्रेस नेता भरत शम्शेर राणा, देउवाद्वारा दुःख व्यक्त

 साउन २७, २०७५ आइतबार ९:३४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली काँग्रेसका नेता भरत शम्शेर राणाको शनिबार निधन भएको छ । उहाँ भारतको कोलकोतामा बस्दै आउनुभएको थियो । कोलकतामै उहाँको निधन भएको हो ।  

काँग्रेस सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं राजनीतिक परिवर्तनका वाहक राणाको निधनले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।

देउवाले लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व राणाले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उहाँको निधनबाट पार्टीलाई क्षति पुगेको पनि उल्लेख गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया