फोनिजको १९ औँ स्थापना दिवस आज

 साउन २७, २०७५ आइतबार ११:११:५७ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो १९ औ स्थापना दिवस आज मनाउँदैछ । 

समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार भन्ने नारा सहित संघीय समिति र देशभरीका ५० भन्दा धेरै जिल्लामा बिहानैदेखि विविध कार्यक्रमको आयोजना भैरहेको फोनिज संघिय समितिका महासचिब मनोज घर्तीमगरले जानकारी दिनुभयो । 

दिवसका अवसरमा पत्रकारहरु उजिर मगर, भैरब आङला, छेटु शेर्पा र विमला चौधरीलाई राष्ट्रिय पत्रकारीता पुरस्कारबाट सम्मानित गरिने उहाँले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया