रहिनन् निर्वाचन कार्यालय महाेत्तरीकी प्रमुख पिंकी राय

 साउन २७, २०७५ आइतबार ११:३२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – जिल्ला निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पिंकी रायको ज्यान गएको छ । मस्तिष्क क्यान्सर भएकी पिंकीको उपचारकै क्रममा भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर हस्पिटलमा शुक्रबार साँझ ३५ वर्षकै उमेरमा निधन भएको हो ।
 
रायको शवलाई शनिबार साँझ जलेश्वर ल्याइएको छ । अहिले उहाँको शवलाई अन्तिम श्रद्धाञ्जलिको लागि जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा राखिएको छ । 

अन्तिम श्रद्धाञ्जलि पश्चात् रायको अन्त्येष्टि उहाँको आफ्नै निजी निवास धनुषाको विन्हीमा लगेर गरिने नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वअध्यक्ष तथा मठिहानी नगरपालिकाका मेयर हरिनारायण मण्डलले जानकारी दिनुभयो ।

मधेशी समुदायबाट घुम्टो फाल्दै नेतृत्व तहमा पुगेकी राय मधेशी महिलाका लागि प्रेरणाको स्रोत थिइन् । रायका एक छोरा छन् ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

1 Comments

  • Normal thapa

    Aug. 12, 2018, 2:03 p.m.

    RIP.

  •  0 Reply

तपाईको प्रतिक्रिया