रहेनन् नोबेल पुरस्कार विजेता नयपाल

 साउन २७, २०७५ आइतबार १२:१२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय मूलका नोबेल पुरस्कार विजेता लेखक चर्चित बेलायती उपन्यासकार सर भीएस नयपालको आइतबार निधन भएको छ । उनी ८५ वर्षका थिए । नयपालको जन्म सन १९३२ मा ट्रिनिडाडमा भएको थियो ।

अक्सफोर्ड विश्वविद्यालयका उच्च शिक्षा हासिल गरेका नयपालको पहिलो उपन्यास ‘द मिस्टिक मासेर’ सन् १९५१ मा प्रकाशित भएको थियो । ‘ए बेण्ड इन द रिभर’ तथा ‘अ हाउस फर मिस्टर विश्वास’ उनका चर्चित कृति हुन् । उनले सन १९७१ मा बुकर तथा २००१ मा साहित्यका लागि नोबेल पुरस्कार पाएका थिए ।

नयपालले ३० भन्दा बढी पुस्तक लेखेका छन् । भीएस नयपालको पूर्वज सन् १८८० मा ट्रिनिडाड गएको थियो । नयपालका बुवा सीप्रसाद ट्रिनिडाड गार्जियनमा रिपोर्टर तथा कथाकार थिए । बुवाकै प्रेरणाले भीएसमा पनि साहित्यप्रतिको रुची बढेको हो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया