द्वारिकामा प्रियंका र आयुष्मानले गरे स्वयम्वर

 साउन २७, २०७५ आइतबार १२:४८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले शनिबार  पुन स्वयम्वर गरेका छन् । शनिबार साँझ काठमाडौंको द्वारिका होटेलमा पारिवारिक तथा इस्टमित्रको जमघटका बीच उनीहरुले स्वयम्बरको औँठी फेरि एक अर्कालाई पहिराइदिएका छन् । 

गएको असार ३० गते पारिवारिक जमघटमा इन्गेजमेन्ट गरेका उनीहरुले शनिबार भने केही चलचित्रकर्मीलाई पनि स्वागत गरेका छन् । तर द्धारिका होटलमा आयोजना भएको जमघटमा प्रियंका र आयुष्मान निकट मानिने चलचित्रकर्मी र केही आफन्तको मात्र उपस्थिति रह्यो । संचारमाध्यमलाई सो समारोहमा प्रवेश दिइएको थिएन । 

प्रियंका र आयुष्मानको यो समारोहमा निर्देशक दीपाश्री निरौला, निश्चल बस्नेत, नायिकाद्धय वर्षा राउत र स्वस्तिमा खड्का, निर्माता तथा कलाकार दिपकराज गिरी, कलाकार संजोग कोइराला, कोरियोग्राफर कविराज गहतराज समारोहमा उपस्थित थिए । 

प्रियंका र आयुष्मान करिब डेढ वर्ष अघिबाट प्रेममा छन् । उनीहरुले अर्को वर्ष बिहे गर्ने बताउँदै आएका छन् ।

यसरी सुरु भयो प्रियंका र आयुष्मानको प्रेम

दुई वर्ष अघि सिनेमा ‘कथा काठमाडौं’कोे सेटबाट उनीहरुको औपचारिक रुपमा प्रेमको सुरु भएको थियो । तर उनीहरुको चिनजान भने पुरानो हो ।

प्रियंका र आयुष्मानको पहिलो भेट रातो बंगला स्कुलमा भएको थियो । त्यसबखत प्रियंका कक्षा १० मा अध्ययनरत थिइन् भने आयुष्मान कक्षा ५ मा ।

पछि सन् २०१७ को मार्च ११ मा राजधानीको कर्मा लाउञ्जमा भएको एक फेसन शोमा आयुष्मान शो स्टपरका रुपमा रहँदा प्रियंका फेसन शोमा दर्शकको रुपमा उपस्थित थिइन् ।

यो शो पछि प्रियंका र आयुष्मान दरबारमार्गकै डेजाभु क्लबमा पुगेका थिए । त्यहाँका केही तस्बिरहरु सार्वजनिक भएपछि उनीहरुको प्रेमको चर्चा मिडियामा चलेको थियो । तर केही समय भने आयुष्मान र प्रियंकाले आफूहरुको प्रेमलाई लुकाउने प्रयास गरेका थिए ।

आधिकारिक रुपमा उनीहरुको प्रेम गत वर्षको एनएफडीसी अवार्डमा सार्वजनिक भएको हो । अवार्डमा आयुष्मानले नै प्रियंकाले आफ्नो प्रेमिका भएको स्वीकारेका थिए ।

–उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया