सरकारले ल्याएको बजेटबारे बाबुराम भट्टराई : माछा-माछा, भ्यागुताेकाे अनुभूति भयाे

 जेठ १५, २०७५ मंगलबार २०:२७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निराश भएको प्रतिक्रिया दिनु भएको छ । 

सफल अर्थमन्त्रीको पहिचान समेत बनाउनु भएका उहाँले बजेटले विकास र समृद्धितर्फ जाने जनताको अपेक्षालाई सम्बोधन गर्न नसक्ने स्पष्ट पार्नुभयो । संयोजक भट्टराईले प्रदेश र स्थानीय तहमा एक चौथाईभन्दा पनि कम बजेट विनियोजन गरेर सरकारले गम्भीर त्रुटि गरेको दावी समेत गर्नुभयो ।

 

संयोजक भट्टराईले बजेट नयाँ उडान भर्नेगरी नआएको दावी गर्दै त्यसले सरकारलाई अप्ठयारोमा पार्ने तर्क पनि गर्नुभयो । भट्टराईले बजेट सुन्दै जाँदा 'माछा माछा भ्यागुताे' काे अनुभूति भएकाे बताउनुभएकाे छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया