प्रदीपले चासाे नदेखाउँदा पुष्पलार्इ ‘दाल भात तरकारी’

 साउन २७, २०७५ आइतबार १४:१३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - मह सञ्चारको ब्यानरमा निर्माण हुन लागेको सिनेमा ‘दाल भात तरकारी’मा अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन् । 

पुष्पले यो सिनेमाको वर्कशप समेत सुरु गरिसकेको जानकारी छ तर निर्माण पक्षले भने यस बारेमा केही पनि बोलेको छैन । 

किरण केसीले निर्माण गर्न लागेको ‘दाल भात तरकारी’का लागि सबैभन्दा अगाडि प्रदीप खड्कालाई प्रस्ताव राखिएको थियो । 

निर्माण पक्षले प्रस्ताव गर्ने समयमा प्रदीपलाई सिनेमाको वान लाइन स्टोरी पनि सुनाइएको थियो ।

त्यसबखत प्रदीपले आफूलाई गर्न मन लागेको खण्डमा सम्पर्क गर्ने बताएका थिए । तर त्यसलगत्तै प्रदीप सिनेमाको कामले लगातार विदेशमा भए र निर्माण पक्षसँग सम्पर्क गर्न पाएनन् । 

प्रदीपले सम्पर्क नगरेपछि निर्माण पक्षले प्रदीपले सिनेमामा चासो नदेखाएको भन्ने सोचेर पुष्पलाई प्रस्ताव राखेको बुझिएको छ ।

‘दाल भात तरकारी’ अर्को वर्षको बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

यस सिनेमामा पुष्प खड्काको जोडीको रुपमा अभिनेत्री स्वस्तिमा खड्का रहनेछिन् । सिनेमालाई सुदन केसीले निर्देशन गर्दैछन् । सिनेमा भदौ देखि फ्लोरमा जाँदैछ ।

उज्यालाे अनलार्इन र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया